शुक्रबार, चैत २७, २०८२

महिला फुटबल टोली नेपाल आइपुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सन् २०२० मा जापानमा आयोजना ओलम्पिकका लागि दोस्रो चरणको छनोट खेल खेल्न म्यानमारमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । नेपाली टोली म्यानमारबाट बैंकक हुँदै बिहिबार नेपाल आइपुगेको हो । 

दोस्रो चराण्को छनोट खेलमा सोचे अनुसारको प्रदर्शन गर्न नसकेको नेपाली टोली निराश बन्दै घर फर्केको हो । पहिलो पटक ओलम्पिक छनोटमा सहभागिता जनाएको नेपाली महिला टोलीले पहिलो चारणको छनोटमा उत्कृष्ट प्रदर्शनत गरेको थियो । 

पहिलो चरणको छनोट खेलमा भारतसँग समेत १-१ कने बराबरी खेलेकान थियो । त्यस्तै विश्व फिफा वरियताको माथिल्लो स्थानमा रहेको म्यानमारसँग समेत १-१ को बराबरी खेल्दै इतिहास रचेको थियो । 

तर, दोस्रो चरणमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन । पहिलो खेलमा म्यानमारसँग ३-१ गोल अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा पनि भारतसँग ३-१ ले पराजित भएको थियो । 

तर, छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियालाई २-१ ले पराजति गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको थियो । प्रतियोगितामा कप्तान सरु लिम्बु र सावित्रा भण्डारीले समान २-२  गोल गरिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।