बुधबार, साउन २०, २०८३

हक्कीमा पुलिस र आर्मीको विजयी सुरुवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाँके- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अर्न्तगत बिहीवार भएको पुरुष हक्कीमा विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल आर्मीले विजयी सुरुवात गरेको । पुलिसले गण्डकी प्रदेशलाई ५-० गोलले पराजित गरेको हो भने आर्मीले प्रदेश नं. २ लाई १-० को अन्तरले पराजित गरेको हो । 
 
गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दबाबमा राखेको नेपाल पुलिसका लागि तर्फबाट पाँच वटै गोल जर्सी रोमन राणाले गरे । उनले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ मिनेटमा गोल गरेका हुन् ।  

त्यस्तै दोस्रो खेलमा नेपाल आर्मीले प्रदेश नं. २ लाई पराजित गर्न राम शाहले ५६ मिनेटमा गोल गरेका थिए । तर, उक्त गोललाई मान्यता दिने विषयमा विवाद भएपछि प्रदेश २ खेलबाट बाहिरिएको थियो । खेलमा आर्मीले ८ वटा कर्नर पेलान्टीको अवसर पाएको थियो । बिहीबारको तेस्रो खेल अपरान्ह ४ बजेपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।