काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य सदस्य तथा गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबमा पुनः अनुबन्ध भएका छन् ।
गत सिजन सिटीबाट खेल्दै सिटीलाई माल्दिभ्सको शीर्ष डिभिजन लिगको च्याम्पियन बनाउन महत्वपुर्ण योगदान दिएका थिए । गत सिजनको उत्तल लिगको सर्वोत्कृष्ट गोलरक्षक सकेत घोषित भएका किरणले माल्दिभ्स एफएको वर्षको उत्कृष्ट गोलरक्षकको उपाधि समेत जितेका थिए ।
किरणले भारतको मिनेर्भा पन्जाबबाट भारतको प्रतिष्ठित लिग आई-लिग सकेत खेलेका छन् । उनले मिनेर्भालाई आई-लिगको च्याम्पियन बनाउन समेत महत्वपूर्ण भुमिका खेले । चेम्जोङ सन् २०१३ बाट नेपाली टोलीको नियमित गोलकिपरबाट स्थान बनाई राष्ट्रिय टिमका लागि खेल्न सुरू गरेका हुन् ।
नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको प्रतियोगिताको रूपमा २०१६ एएफसी सोलिडारिटी कपको उपाधि जित्ने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्वपूर्ण भूमिका रहेको थियो ।
लाओसबिरुद्धको सेमिफाइनल खेलको पेनाल्टी सुटआउटमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षकका रूपमा स्थापित भए । उनले २०१८ मा सम्पन्न ओलम्पिक छनोटमा पनि जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा टोलीको कप्तानी समेत गरेका किरणको प्रदर्शन प्रभावशालि रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४