बुधबार, साउन २०, २०८३

टेबल टेनिसमा आठौंको पहिलो स्वर्ण पुलिसलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले हात पारेको छ । टेबल टेनिसको महिला टिम इभेन्टमा नेपाल पुलिस क्लबले आठौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक हात पारेको हो ।
 
बिहिबमर भएको खेलमा पुलिसले एपिएफ क्लबलाई ३-१ ले पराजित गर्दै पहिलो स्वर्ण जितेको हो । पुलिसकी एलिना महर्जनले सेलिषा खड्गीलाई ३-२ तथा नविता श्रेष्ठले अनिता महर्जनलाई ३-० ले पराजित गरेपछि पुलिस २-० ले अगाडी बढेको थियो । 

तेस्रो खेलमा पुलिसकी मन्जु सुवाल एपिएफकी सिक्का सुवालसँग ३-१ ले पराजित भएपछि एपीएफले पुनरागमन गर्ने सम्भावना देखिएको थियो । तर राष्ट्रिय च्याम्पियन नविताले सेलिषालाई ३-१ ले पराजित गर्दै समग्रमा पुलिसको जित सुनिश्चित गरिन् । पुलिसले यसअघि पनि महिलातर्फ स्वर्ण हासिल गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।