शुक्रबार, चैत २७, २०८२

मुम्बईसँग पन्जाव पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले किङ्स इलाभेन पन्जावलाई  पराजित गरेको छ । बुधबार राती भएको खेलमा मुम्बईले पन्जावलाई ३ विकेटले पराजित गरेको हो । 

पन्जाबले दिएको १ सय ९८ रनको ठुलो लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मुम्बईको जितका लागि केइरन पोलार्डले अर्धशतकीय पारी खेले । 

उनले आक्रमक ब्याटिङ गर्दै उत्कृष्ट ८३ रनको अर्धसतकीय पारी खेलको हुन् । पोलार्डले ३१ बलमा १० छक्का र ३ चौका प्रहार गरे । त्यस्तै क्विनटन डी ककले २४, सुर्य कुमार यादवले २१, हार्दिक पाण्डया १९ तथा सिद्देश लाड र अल्जारी जोसेफले समान १५-१५ रन जोडे । पन्जावका लागि मोहमद शामीले ३ विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । पन्जावका लागि लोकेश राहुलले शतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् । 

राहुलले अविजित रहदै १०० रनको योगदान दिए । यस्तै क्रिस गेलले ६३ रनको अर्धशतकीय पारी खेले । मुम्बईका लागि हार्दिक पाण्डयाले २ विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।