बुधबार, साउन २०, २०८३

युभेन्टस आयाक्ससँग बराबरीमा रोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स र डच क्लब आयाक्स बराबरीमा रोकिएका छन् । बुधबार राति भएको खेलमा युभेन्ट्स र आयाक्स १-१ गोलको बराबरीमा रोकिएका हुन् । 

आयाक्सको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने युभेन्ट्सले लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा युभेन्ट्सले सुरुवाती अग्रता लिएको हो । खेलको ४५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । 

उनले जोआओ कान्सेलोको पासमा डाइभिङ हेड गोल गरेका थिए । तर, दोस्रो हाफ सुरुभएको १ मिनेट नबित्दै आयाक्सले बराबरी गोल फर्काएको थियो । खेलको ४६ औं मिनेटमा डेभिड नेरिसले गोल गर्दै आयाक्सलाई खेलमा फर्काएका थिए ।

त्यसपछि दुवै टोलीले थप गोल हुन नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो । यस बराबरीसँगै दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेका छन् । अब दोस्रो लेग दुबै टोलीले युभेन्ट्सको घरेलु मैदानमा १६ अप्रिलमा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।