बुधबार, साउन २०, २०८३

बार्सिलोनाको संघर्षपूर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-स्पेनिस ला लिगा क्लब बार्सिलोनाले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राती भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले युनाइटेडलाई १-० को झिनो अन्तरले पराजित गरेको हो । 

युनाईटेडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना आत्मघाती गोलबाट विजयी भएको हो । खेलको पहिलो हाफमा आत्मघाती गोल मार्फत नै बार्सिलोनाले १-० को अग्रता बनाएको थियो । 

खेलको १२ औं मिनेटमा युनाईटेडका लागि लुक शले आत्मघाती गोलमा बार्सिलोनाले पहिलो हाफमा १-० को अग्रता बनायो । तर, दोस्रो हाफमा खेलमा केही सुधार गरेपनि थप गोल भने गर्न सकेन् । 

दोस्रो हाफमा दुबै टोलीबाट थप कुनै पनि गोल हुन नसक्दा बार्सिलोको जितका लागि आत्मघाती गोल नै निर्णायक बन्यो । यस जितसँगै बार्सिलोनाले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब बार्सिलोनाले आफ्नो घरेलु मैदानमा दोस्रो लेग १६ अप्रिलमा खेल्ने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।