बुधबार, साउन २०, २०८३

टोटनहामसँग सिटी पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- मंगरबार राती भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी पराजित भएको छ । टोटनहामको घेरेलु मैदानमा भएको खेलमा सिटी १-० गोल अन्तरले पराजित भएको हो । 

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल सन ह्युङ मिनले गरे । सनको उक्त एक मात्र निर्णाय गोलको मद्दतले टोटनहामले दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । 

उनले पहिलो हाफ गोल गहित बराबरी भएके खेलको दोस्रो हाफमा गोल गरेका थिए । सनले खेलको ७८ औ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन ।  यसअघि सिटीका रहिम स्टर्लिङको प्रहारमा डि-भित्र टोटेनहमका खेलाडीले फाउन गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो । 

तर, उक्त अवसरलाई सर्जियो अग्युरोले सदुपयोग गर्न नसक्दा सिटी अग्रता लिनबाट चुकेको थियो ।  उनको पेनाल्टी प्रहारलाई टोटेनहामका गोलकिपर ह्युगो लोरिसले उत्कृष्ट बचाउ गरेक थिए । अब दोस्रो लेग १७ अप्रिलमा सिटीको घरेलु मैदान ईतिहादमा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।