एजेन्सी-युइएफए युरोपा च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुल विजयी भएको छ । मंगलबार राती भएको खेलमा लिभरपुलले पोर्टोलाई २-० गोल अन्तरले पराजित गर्दै पहिलो लेगमा विजयी भएको हो ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन नाबी केईटा र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । दुबै गोल पहिलो हाफमा सम्भव भएका थिए । खेलको पाँचौ मिनेटमा नाबी केईटाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
नाबीले रोबर्टो फिर्मिन्होको पासमा गोल गरेका हुन् । त्यस्तै खेलको २६ औ मिनेटर्मा फिर्मिन्हो स्वयमले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा नै २-० गोल अन्तरको अग्रता दिलाए । उनले एलेक्जान्दर अर्नोल्डको पासमा गाृल गरेका थिए ।
तर, दोस्रो हाफमा थप आक्रमक खेल प्रस्तु गरे पनि लिभरपुलले थप गोल गर्न भने सकेन् । पोर्टोमाथी लिभरपुलले पुरै समय पकड वमाएको थियो । यस सिजसँगै लिभरपुलले च्याम्पियनस लिगको अर्को चरणको यात्रा सहज बनाएको छ । अब अर्को लेग पोर्टोको मैदानमा अप्रिल १७ तारिख हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४