बुधबार, साउन २०, २०८३

कोलकातालाई पराजित गर्दै चेन्नाई शीर्ष स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नई सुपर किङ्स कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाइको घरेलु मैदानमा सोमबार राती भएको खेलमो चेन्नाईले कोलकातालाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । 

कोलकातालो दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.२ ओभरमा मात्र ३ विकेट गुमाएर उक्त लक्ष्य भेट्टायो । चेन्नईको जितका लागि डु प्लेसिसले अविजित ४३ रन जोडे । उनले ४५ बल खेल्दै तीन चौकाको मद्दतमा ४३ रन जोडेका हुन्। 

त्यस्तै अम्बाती रायाडुले २१ रन जोडे । ३१ बल खेलेका रायाडुले दुई चौका प्रहार गरे । सेन वाट्सनले १७, सुरेश रैना १४ जोड्दा केदार यादवले ८ रन जोडे । कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले  निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । ४४ रनमा ५ विकेट गुमाएको अवस्थामा मैदान प्रवेश गरेका कोलकाताका आन्द्रे रसेलले अविजित ५० रनको अर्धशतकीय पारी खेले पनि टोलीके जितका लागि प्रयाप्त भएन् । 

उनकै अर्धसतकको मद्दतले कोलकाताले चेन्नई सामु सम्मान जनक लक्ष्य प्रस्तुत गरेको थियो । उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडेका थिए । त्यस्तै कप्तान दिनेस कार्तिकले १९, रोबिन उथप्पाले ११ रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चेन्नईका दिपक चाहरले ३ विकेट लिए । यस्तै हरबजन सिंह र इमरान ताहिरले समान २-२ विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।