शुक्रबार, चैत २७, २०८२

सावित्रा, रेनुका र अनिताले भारतीय लिग खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सनवित्रा भण्डारी, रेणुका नगरकोटी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टोलीका नियमित खेलाडी समेत रहेका भण्डारी, नगरकोटी र बस्नेतले भारतको चर्चित फुटबल लिग हिरो इन्डियन महिला लिग खेल्ने भएका हुन् । 

तर, आधिकारीक सँझौता भने भएको छैन् । तीन जना खेलाडीले म्यानमारमा चलिरहेको ओलम्पिक छनोट पछि स्वदेश फर्किएर उक्त लिगका लागि क्लबसँग सम्झौता गर्ने वा नगर्ने भन्ने पबिषयमा थाहा हुने महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले जानकारी दिए । 

सावित्रालाई भारतको शीर्ष डिभिजन लिग खेल्ने गोलुमल र सेतु फुटबल क्लबले प्रस्ताव गरेको हो । त्यस्तै रेनुका लागि गोलुमल र अनिताका लागि सेतुले प्रस्ताव गरेको प्रशिक्षक खड्काले जनकारि दिए । तर स्रोतका अनुसार सावित्रा र अनिताले तामिलनाडुको क्लब सेतुबमट खेल्ने सम्भावना नढी भएको जनाइएको छ । 

यता रेनुकाको भने केरलाको फुटबल क्लब गोलुमबाट खेल्ने सम्भावना बढी रहेको जनाइएको छ । सावित्राले सन् २०१४ साल राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । उनले हाल सम्म राष्ट्रिय टोलीका २९ खेल खेल्दै २६ गाले गरेकी छन् । 

सावित्राले यस बर्ष राष्ट्रिय टोलीबाट ९ खेल खेल्दै ९ गोल गरेकी छन् । उनले हाल सम्म साफ च्याम्पियन्स सिपमा १२ खेल खेल्दै १७ गोल गरेकी छन् भने साफ गेमका ५ खेलमा २, मैत्रीपूर्ण तीन खेलमा २, ओलम्पिक छनोटका ४ खेलमा १ र हिरो गोल्ड कपमा ४ खेलमा ४ गोल गरि सकेकी छन् । सावित्राले हाल सम्म ९ देशसँगको खेलमा प्रतिस्पर्धा गरिसकेकी छन् । उनले भुटानविरुद्ध तीन खेल्दै सर्वाधिक ८ गोल गरेकी छन् । 

त्यस्तै माल्दिभ्सविरुद्ध दुई खेल खेल्दा ५, भारतविरुद्ध ८ खेल खेल्दा ४, श्रीलंकाविरुद्ध ४ खेलमा तीन गोल गरेकी छन् ।  त्यस्तै अनिता पनि नेपाली राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य हुन् । उनले सन् २०१६ बाट राष्ट्रि टोलीमा डेब्यु गरेकी हुन् । यस अघि सावित्रार अनिताले माल्दिभ्सको फुटसल लिगबाट व्यवसाहिक फुटबल खेली सकेका छन् । 

सन् २०११ मा रेनुका राष्ट्रिय टिममा परेकी थिइन् । सन् २०१६ मा उनी नेपाली राष्ट्रिय महिला टिमको कप्तान भएकी थिइन् । त्यसपछि उनको जिम्मेवारी थपिएको थियो । सानो सानो प्रतियोगितामा कहिल्यै पनि कप्तान नभएकी उनी सिधै राष्ट्रिय टिमको कप्तान बनेकी थिइन् । 

तर पछि निरु थापा नेपाली टिमको कप्तान भए पछि भने उनी नेपाली टिमको उपकप्तान बनेकी थिइन् । उक्त शीर्ष डिभिजनको महिला लिगलाई भारतीय फुटबल महासंघले सन् २०१६ बाट आयोजना गर्दै आएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।