शुक्रबार, चैत २७, २०८२

हैदरावादमाथी पन्जाव ६ विकेटले विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स इलाभेन पन्जावले सनराइजर्स हैदरावादलाई पराजिचत गरेको छ । सोमबार राती भएको खेलमा पन्जावले हैदरावादलाई ६ विकेटले पराजित गरेको हो ।  

घरेलु मैदानमा हैदरावादले दिएको १ सय ५१ रनको विजयी लक्ष्य पट्याएको पन्जावले १९.५ ओभर मात्र ४ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टायो । पन्जावका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय पारी खेले । 

राहुलले अविजित रहदै ७१ रन जोडे । उनले ५३ बल खेल्दै ७ चौका र एब छक्का प्रहार गरे । त्यस्तै अग्रवाल ५५ रन जोड्दा क्रिस गेल १६ रन जोडे । हैदरावादका लागि सन्दीप शर्माले २ तथा राशिद खान र सिद्दार्थ काउलले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय पारी खेले पनि हैदरावादको जितका लापग प्रयाप्त भएन् । 

उनले ६२ बलको सामना गर्दै ६ चौका र एक छक्काको मद्दतमा ७० रन जोडेका हुन् । यस्तै विजय शंकरले २६ रन जोड्दा मनिस पाण्डेले १९ र दिपक होडाले अविजित १४ रन बनाए ।

पन्जावका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले समान एक एक विकेट लिए । जितसँगै पन्जावले ६ खेलबाट ४ जितसहित ८ अंक जोडेको छ । पन्जाब लिगको तेस्रो स्थानमा छ । हैदरावादले ६ खेलबाट ३ जितसहित ६ अंक जोड्दै लिगको चौंथो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।