सोमबार, फागुन १८, २०८२

बैतडीमा पहिरोले बगायो दुई घर

बिहीवार रातको समयमा वर्षासँगै आएको पहिरोले हर्क बहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको वडा अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

kumari

बैतडी- अविरल वर्षापछि आएको पहिरोले बैतडीको पाटन नगरपालिका-१०मा दुई घर बगाएको छ। बिहीवार रातको समयमा  वर्षासँगै आएको पहिरोले हर्क बहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको वडा अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए। 

वडाध्यक्ष कुँवरका अनुसार पहिरोले घरसँगै गोठमा रहेका चौपाया र खाद्यान्नसमेत पुरिएको छ। हर्कका तीन वटा भैंसी, एउटा गाई, दर्जन बढी कुखुरा, कपडा र खाद्यान्न पहिरोले पुरिएको अध्यक्ष देवेन्द्रले बताए। हर्ककै दुई लाख नगद र दुई तोला सुन समेत पहिरोमा पुरिएको वडाध्यक्ष देवेन्द्रको भनाइ छ। 

यस्तै हिक्मतका एउटा गाई, ६ वटा बाख्रा, दर्जनभन्दा बढी कुखुरासहित खाद्यान्न पुरिएको छ। पहिरोका कारण मानवीय क्षति नभए वडाध्यक्ष देवेन्द्रले जानकारी दिए। घर पुरिएपछि दुई परिवार विस्थापित भएका छन्। 

प्रकाशित: Aug 20, 2021| 15:07 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।