शुक्रबार, चैत २७, २०८२

दिल्ली विजयी, बेंगलोरको लगातार ६ हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- कप्तान श्रेयस अयरको अविजित अर्धसतकमा दिल्ली क्यापिटल्स विजयी भएको छ । रोयल च्यालेन्जर्स बेंगलोरको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई ४ विकेटले पराजित गर्दै दिल्ली विजयी भएको हो । बेंगलोरको यो लगातार छैठौं हार हाे ।

बेंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको दिल्लीले १८‍.५ ओभरमा ६ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । दिल्लीको जितमा कप्तान श्रेयसले अर्धसतकिय कप्तानी परी खेले । उनले ५० बलको सामना गर्दै ८ चौका र २ छक्कको मद्दतमा ६७ रनको अर्धसतकिय पारी खेलेका हुन् । 

त्यस्तै पृथ्वी शावले २८ रन जोडे । उनले २२ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । कालिन इनग्रामले २१ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २२ रन जोडे । रिषभ पन्तले १४ बलमा २ चौका छक्रका प्रहार गदै १८ रन जोडे । 

बेंगलोरका लागि नाभदिप सैनीले दुई विकेट लिए । त्यस्तै थिम साउदी, मोइन अली, मोहमद सिराज र पवन नेगीले समान एक एक विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ४९ रन जोडेको थियो । बेंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन जोडे । उनले ३३ बलको सामना गर्दै १ चौका र २ छक्का प्रहार गरे । 

त्यस्तै मोइन अलीले ३२ रन जोडे । उनले आक्रमक ब्याटिङ गर्दै १८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३२ रन जोडेका हुन् । अक्षदीप नाथले १९, एवी डेभिलियर्सले १७ र मक्र्युस स्टोनिसले १५ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । 

दिल्लीका लागि कागिसो राबाडाले ४ विकेट लिए । त्यस्तै क्रिस मोरिसले दुई विकेट लिँदा अक्सर पटेल र सन्दीप लामिछानेले समान एक एक विकेट लिए । निकै नै महङ्गा सावित भएको सन्दीपले आफ्नो पहिलो ओभरमा १० रन खर्चेका थिए । 

त्यस्तै दोस्रो ओभरमा मात्र ६ रन खर्चेका उनले त्यसपछि आफ्नो तेस्रो ओभरमा एक विकेट लिँदै ११ रन खर्चे । तर, आफ्नो अन्तीम ओभरमा उनी किनै पिटिए । उनले आफ्नो अन्तीम ओभरमा १९ रन खर्चदै समग्रहमा चार ओभरमा ४६ रन खर्चेर एक विकेट लिएका हुन् । सन्दीपले जारी सिजनको आइपिएलमा चार खेल खेल्दै ५ विकेट लिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।