शुक्रबार, चैत २७, २०८२

दिल्लीलाई १५० रनको लक्ष्य, सन्दीपको एक विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध चार ओभर बलिङ गर्दै ४६ रन खर्चेका छन् । निकै नै महङ्गा सावित भएको सन्दीपले आफ्नो पहिलो ओभरमा १० रन खर्चेका थिए । 

त्यस्तै दोस्रो ओभरमा मात्र ६ रन खर्चेका उनले त्यसपछि आफ्नो तेस्रो ओभरमा एक विकेट लिँदै ११ रन खर्चे । तर, आफ्नो अन्तीम ओभरमा उनी किनै पिटिए । उनले आफ्नो अन्तीम ओभरमा १९ रन खर्चदै समग्रहमा चार ओभरमा ४६ रन खर्चेर एक विकेट लिएका हुन् । सन्दीपले जारी सिजनको आइपिएलमा चार खेल खेल्दै ५ विकेट लिएका छन् । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै दिल्ली क्यापिटल्सलाई १ सय ५० रनको लक्ष्य सुम्पेको छ । 

बेंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन जोडे । उनले ३३ बलको सामना गर्दै १ चौका र २ छक्का प्रहार गरे । त्यस्तै मोइन अलीले ३२ रन जोडे । उनले आक्रमक ब्याटिङ गर्दै १८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३२ रन जोडेका हुन् । 

अक्षदीप नाथले १९, एवी डेभिलियर्सले १७ र मक्र्युस स्टोनिसले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन्। 

दिल्लीका लागि कागिसो राबाडाले ४ विकेट लिए । त्यस्तै क्रिस मोरिसले दुई विकेट लिँदा अक्सर पटेल र सन्दीप लामिछानेले समान एक एक विकेट लिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।