बुधबार, साउन २०, २०८३

पाँचौ मिस्टर फिटनेस फस्ट चैत ३० गते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पाँचौ संस्करणको मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्टस् फिजिक च्याम्पियनसिप यहि चैत ३० गते हुने भएको छ । एक दिने प्रतियोगिता चैत ३० गते हुने आयोजक फिटनेस फस्ट कमितीले एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । 

प्रतियोगितामा सहभागी ४५ जना खेलाडीले विभिन्न पाँच विधामा प्रतिस्पर्धा गर्ने छन् । गत बर्ष तीन विधामात्र रहेको यस प्रतियोगितामा पाँचौ संस्करणमा दुई विधा थप गरिएको हो । 

खेलाडीले ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी भन्दा माथी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रत्यक तौल समूहमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार सहित ट्रफी र प्रमाण-पत्र प्रप्त गर्ने छन् । 

त्यस्तै पाँचवटै विधाका विजेता खेलाडीबीचको प्रतिस्पर्धाबाट विजयी हुने ‘ मिस्टर फिटनेस फस्ट’ खेलाडीले नगद ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिताको बेस्ट पोजर खेलाडीले नगद ५ हजार प्रप्त गर्ने छ । 

मेन्स फिजिकमा १६५ सेमी र १६५ सेमी भन्दा माथि गरी दुई विधामा प्रतिस्पर्धा हुने छ । यस विधाका प्रत्यक समूहका विजेता खेलाडीले क्रमशः १५ हजार, ५ हजार र ३ हजार प्रस्त गर्ने छन् । 

यसै प्रतियोगितामा थाइल्याण्डमा सम्पन्न १० औं विश्व शारिरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई नगद सहित सम्मान गयिरने आयोजक कमिटीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।