एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको खेलमा अर्को प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई १-० गोल अन्तरले पराजित गर्दै सिटी एफए कपको फाइनल प्रवेश गरेको हो ।
सिटीको जितका लागि खेलको एक मात्र निर्णायक गोल गाब्रियल जेससले गरे । उनले खेलको चौथो मिनेटमा नै गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता मात्र हैन महत्वूर्ण जित दिलाए । उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए ।
अब सिटीले उपाधिका लागि वाटफोर्ड र वल्भ्सबीचको विजेतासँग भिड्ने छ । वाटफोर्ड र वल्भ्सबीचको खेल आज (आइतबार) राति हुदैछ । फाइनल खेल १८ मे मा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४