शुक्रबार, चैत २७, २०८२

रियलको संघर्षपूर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले इबरमाथी संघर्षपूर्ण जित निकालेको छ । शनिबार भएको खेलमा रियलले इबरमाथि २-१ गोल अन्तरको संघर्षपूर्ण जित निकालेको हो । 

घरेलु मैदानमा सुरुवाती पछि परेको अवस्थालाई उल्टाउँदै रियलले जित आफ्नो नाममा गरेको हो । रियलको जितमा करिम बेन्जिमा नायक बने । उनले दुई गोल गरे । यता इबारका लागि मार्क कार्डोनाले एक गोल गरे । 

खेलको ३९ औं मिनेटमा मार्क कार्डोनाले गोल गर्दै इबरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा इबारले १-० गोलको अग्रता बनाएपनि दोस्रो हाफमा गोल गर्न नसकदा पराजित हुन पुग्यो । 

खेलको ५९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई खेलमा फर्काए । त्यसपछि खेलको ८१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को महत्वपूर्ण जित दिलाए । यसजितसँगै रियलले ३१ खेलबाट ६० अंक जोडेको छ । पराजित इबर ३९ अंक जोडेर ११ औं स्थानमा छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।