शुक्रबार, चैत २७, २०८२

जोसेफको कीर्तिमानी बलिङमा मुम्बई विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमै कीर्तिमानी बलिङ गरेपछि मुम्बई इन्डीयन्सले सनराइजर्स हैदराबादलाई ४० रनले पराजित गरेको छ । आईपीएलमा डेब्यु गरिरहेका जोसेफले ३.४ ओभरमा मात्र १२ रन खर्चदै ६ विकेट लिए ।

मुम्बईले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७.४ ओभरमा मात्र ९६ रन समेटियो । हैदरावादका लागि दिपक होडाले सर्वाधिक २० रन जोडे । जोनी बैयर्सट्रो र मनिस पाण्डेले समान १६-१६, डेभिड वार्नरले १५ र मोहमद नाबीले ११ रन जोडे । 

हैदरावादलाई सस्तैमा समेट्न डेब्यु खेलाडी अल्जारी जोसेफ एक्लैले ६ विकेट लिए । कीर्तिमानी प्रदर्शन गरेका जोसेफले ३.४ ओभरमा एक मेडनसहित मात्र १२ खर्चिएर ६ विकेट लिए । यसअघि सन् २००८ मा सोहिल तानबिरले १४ रन खर्चिएर ६ विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले अविजित ४६ रन बनाए । यस्तै क्विन्टन डी ककले १९ रन जोड्दा इशान किशनले १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए । कप्तान रोहित शर्मा ११ रनमा आउट भए । हैदरावादका सिद्दार्थ काउलले २ विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।