शुक्रबार, चैत २७, २०८२

युभेन्ट्सको एतिहासिक जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इटालियन क्लब युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा एसी मिलानलाई पराजित रगेको छ । शनिबार राती भएको खेलमा एसी मिलानलाई युभेन्ट्सले २-१ गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा युभेन्ट्सको जितका लागि पाउल डीबला र मोइस किनले एक एक गोल गरे । मिलानका क्रिजेस्टोफ पियाटकले एक गोल गरे । पहिलो हाफमा १-० गोल अन्तरले पछि परको युभेन्ट्सले दोस्रो हाफमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । 

खेलको २९ औं मिनेटमा क्रिजेस्टोफको गोलबाट घरेलु टोली खेलमा पछि परेको थियो । तर, दोस्रो हाफमा पुनरागमन गर्दै युभेन्ट्सले दुई गोल गर्यो । खेलको ६० औं मिनेटमा डीबालाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८४ औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई २-१ को महत्वपूर्ण जित दिलाए ।

जितसँगै युभेन्ट्सले लिगमा युभेन्ट्सले ३१ खेलबाट ८४ अंक जोड्दै शीर्ष स्थानमा २१ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले ३१ खेलमा जोडेको उक्त इटालियन सिरी ‘ए’ फुटबल इतिहासकै कीर्तिमानी अंक हो । एक खेल कम खेलेको नेपोलीको दोस्रो स्थानमा ६३ अंक रहेको छ । पराजित मिलान ५२ अंक जोडेर चौंथोमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।