शुक्रबार, चैत २७, २०८२

बार्सिलोना ला लिगको उपाधि नजिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस महारथी क्लब बार्सिलोना ला लिगको उपाधि नजिक पुगेको छ । शनिबार राती भएको खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको हो । 

घरेलु मैदानमा बार्सिलोनाको जितका लागि कप्तान लियोनल मेस्सी र लुईस स्वारेजले एक एक गोल गरे । सुरुवाती समय देखीनै आक्रमक खेल प्रस्तुत गरेपनि बार्सिलोनाले खेलमा गोल गर्न लामै समय कुर्नु पर्यो । 

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा पनि अन्त्य तिर बार्सिलोनाले गोल गर्दै खेल आफ्नो पक्षमा परेको हो । खेलको ८५ औं मिनेटमा स्वारेजले गाले गर्दै भरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । 

त्यसको एक मिनेट नबित्दै कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोना एट्लेटिको सँग २-० ले विजयी भएको हो । खेलको २८ औ मिनेटमा डिएगो कोस्टा रातो कार्ड खादै मैदान बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा सिमित बनेको थियो । 

जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाले ३१ खेलबाट ७३ अंक जोडेको छ । पराजित तथा दोस्रो स्थानमो एट्लेटिकोको ६२ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।