शुक्रबार, चैत २७, २०८२

चेन्नाईसँग पन्जाव २२ रनले पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- चेन्नई सुपर किंग्सले इन्डिन प्रिमियर लिग (आइपिएल)मा किंग्स इलाभेन पन्जावलाई २२ रनले पराजित गरेको छ । यस जितसँगै चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएकोछ  । 

चेन्नाईले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको पन्जावले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३८ रन मात्र बनाउन सक्यो । पन्जावका लागि केएल राहुल र सर्फराज खानले अर्धसतकिय जारी खेले पनि टिमको जितका लागि प्रयाप्त भएन् । 

सर्फराजले सर्वाधिक ६७ रन जोडेका थिए । उनले ५९ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै राहुलले ५५ रन जोडे  उनले ४७ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे । पन्जावका अन्य खेलाडीले भने दोहोरो अंकमा र।न जोड्न सकेनन् । 

पन्जावलाई सस्तैमा समेट्न चेन्नाइका लागि स्कट कुग्लेइजिन र हर्बजन सिंहले समान दुई दुई तथा दिपक चाहारले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धाति २० ओभरमा ३ विकेटको गुमाएर १ सय ६० रन बनाएको थियषे । 

चेन्नाईका लागि ओपनर फाफ डु प्लेसिसको अर्धशतक पुरा गरेका थिए । उनले ३८ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ५४ रन जोडे । त्यस्तै शेनवाटशन २६, सुरेश रैना १७ रनमा आउट भए । 

कप्तान महेन्द्रसिंह धोनीले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा र आम्बाती रायडूले १५ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २१ रनमा नट आउट रहे । पन्जावका लागि कप्तान रविचन्द्र आश्विनले ३ विकेट लिए बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।