एजेन्सी- जारी सिजनको स्पेनिस ला लिगा फुटबलमा अहिले निकै नै रोमाञ्चक बन्दै गएको छ । शीर्ष स्थानमा रहेका पाँच टोलीले ३० खेल खेली सक्दा जारी सिजनको ला लिगाको उापधि कस्ले जित्ता भन्ने कौतुहलता बनेको छ ।
शीर्ष स्थानमा रहेको बार्सिलोनाले ला लिगमा पछिल्लो खेल भिल्लरियलसँग बराबरी खेल्नु र एट्लेटिको मड्रिडले जिरोनासँग विजयी हुनेले लिगमा झनै रोमञ्चकता थपेको छ । अहिले शीर्ष स्थानको बार्सिलोनाको ७० अंक छ भने एटलेटिको मड्रिडको ६२ अंक छ ।
जुन बार्सिलोना शीर्ष स्थानमा एथ्लेटिको भन्दा मात्र ८ अंकको अग्रता छ । दुबै टोलीले अझै ८ खेल खेल्न बाँकी छ । यता तेस्रो स्थानको रियल मड्रिडको भने ५७ अंक छ ।
दुबै टोलीले शनिबार राति एक अर्काबीचको सामना गर्दै छन् । जारी सिजनमा दुबै टोली उपाधि दाबेदारको रुपमा देखीका छन् । बार्सिलोनाको घरेलु मैदानमा हुने उक्त खेलको जितले लिगको उपाधिका लागि महत्वपूर्ण भुमिका खेल्लने छ ।
यो खेल बार्सिलोनाले जिते एट्लेटिको भन्दा ११ अंकको अग्रता बनाउने छ । यता एट्लेटिकोले जिते बार्सिलोनासँगको अंकदुरी ५ अंकमा झर्ने छ । यो खेल बार्सिलोनाले जिते बाँकी ७ खेलमध्ये ४ खेल मात्र जिते एथ्लेटिकोले लिगका बाँकी ७ वटै खेल जिते पनि बार्सिलोना च्याम्पियन बन्ने छ ।
तर यो खेल एट्लेटिकोले जिते बाँकी खेलको नतिजा अझै रोमाञ्चक बन्ने छ । त्यसैले एट्लेटिकोमाथि बार्सिलोनालाई जित्नै पर्ने दबाब छ । किनभने, लिगका बाँकी ७ खेलमा जे पनि हुनसक्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४