बुधबार, साउन २०, २०८३

नेपाल र भारतबीचको पहिलो हाफ १-१ को बराबरीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दोस्रो चरणको ओलम्पिक छनोटको दोस्रो खेलको पहिलो हाफमा नेपाल र भारतले बराबरी खेलेका छन् । दुबै टोलीले पहिलो हाफमा १-१ को बराबरी खेलेका हुन् । 

म्यानमारको मान्दलर थिरी स्टेडियममा भएको खेलको पहिलो हाफमा सुरुवाती अग्रता भने भारतले लिएको थियो । खेलको छैठौं मिनेटमा भारतले सुरुवाती अग्रता लिएको थियो । 

तर, त्यसको एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्कायो । मिड फिल्डबाट गिता रानाको लामो पासलाई स्ट्राइकर सावित्रा भण्डारीले अघि बढाउदै डि-बक्स भित्रबाट कप्तान निरु थापालाई दिएको पासमा निरुले सहजै गोल गरेकी हुन् । 

नेपाललाई छनोटको तेस्रो चरण पुग्ने सम्भावना विजित राख्न भारतलाई पराजित गर्ने पर्ने छ । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । यता  भारतले भने आफ्नो पहिलो खेलमा इन्डोनेसियालाई पराजित गरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।