शुक्रबार, चैत २७, २०८२

सलाहको कीर्तिमानी गोलमा लिभरपुल विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनलाई पराजित गर्दै लिभलपुल शीर्ष स्थानमा फर्किएको छ । शुक्रबार राति भएको खेलमा साउथह्याम्टनलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उपक्लिएको हो । 

लिभरपुलको जितमा मोहमद सलाहा, नाबी केईटा र जोर्डन हेन्डरसनले एक एक गोल गरे । खेलको नवौँ मिनेटमा घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा साउथह्याम्टन पराजित हुन पुगेको हो । 

नवौं मिनेटमा साने लङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३६ औ मिनेटमा नाबी केईटाले गोल गर्दै खेल बराबरी ल्याएका थिए । त्यस्तै ८० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । 

यससँगै सलाह लिभरपुलका लागि ६९ खेलमा ५० गोल पार गर्ने पहिलो खेलाडी बने । उनले यसअघि फर्नान्डो टोरेसले ७२ खेलमा ५० गोल पुरा गरेको रेकर्डलाई भङ्ग गरेका हुन् । खेलको ८६ औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए । 

शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३३ खेलबाट ८२ अंक जोड्यो । एक खेल कम खेलेको म्यानचेष्टर सिटीको ८० अंक छ । साउथह्याम्टन ३३ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थान माथि छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।