शुक्रबार, चैत २७, २०८२

ओलम्पिक छनोट : नेपाल भारत भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो चरणको ओलम्पिक छनोटमा चिरपरिचित टोली भारतको सामना गर्दै छ । म्यानमारमा जारी ओलम्पिक छनोटमा पहिलो खेल गुमाएको नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ ।

दक्षिण एसियामा मुख्य प्रतिद्वन्द्वी बनेको भारतविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा रहने छ । अर्को तिर नेपाललाई छनोटको दोसो चरणमा पुग्ने सम्भावना विजित राख्न भारतलाई पराजित गर्ने पर्ने छ । 

तर, भारतलाई पराजित गर्न भने नेपाललाई मुस्किल हुनेछ । भारतसँग पाँचौ महिला साफको फाइनल खेलमा नेपाललाई ३-१ गोल अन्तरले पराजित गरेको उच्च मनोबल छ । यता तिर भने नेपाललाई घरेलु मैदानमा भारतसँगको हारको बदाला लिने अवसर छ । 

त्यसैले पनि आज नेपाल उक्त खेलको बदला लिन चाहन्छ । बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । 

भारत भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा भारतले इन्डोनेसियालाई हराएको थियो । नेपालले प्रतियोगिताको अन्तिम छनोट खेल नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग २६ गते खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।