शुक्रबार, चैत २७, २०८२

आरसीबीको खराब प्रदर्शन जारी, रसेलको विस्फोटक ब्याटिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - आन्द्रे रसेलको विस्फोटक पारीको सहयोगमा शुक्रबार राति इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) लाई ५ विकेटले हराएको छ। योसँगै कोलकाताले जारी सिजनमा तेस्रो जित हात पारेको छ भने बेंगलोरले लगातार पाँचौ हार व्यहोरेका छ।

कप्तान विराट कोहलीको सानदार ८४ रनसँगै बेंग्लोरले कोलकातालाई जितका लागि २०६ रनको लक्ष्य दिएको थियो। विजयी लक्ष्य पछ्याउने क्रममा कोलकाताले उक्त लक्ष्य १९ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। 

कोलकातालाई उत्कृष्ट सुरुवाता दिलाउने क्रममा क्रिस लिनले ४३ रनको योगदान दिएपनि म्याच जिताउन भने रसेलको इनिङ प्रसंसायोग्य रह्यो। रसेलले १३ बलमा अविजित ४८ रन जोडे। उनले ७ छक्का र १ चौका प्रहार गरे। यस्तै नितिश रानाले ३७ तथा रोबिन उथप्पाले ३३ रन बनाए।
 
यसअघि टस हारेर पहिले व्याटिङ गरेको ब्याङ्लोरले कप्तान कोहलीको ८४ रनको सहायतामा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ५ रन जोडेको थियो। ब्याङ्लोरकालागि एबी डिभिलियर्सले ३२ बलमा ६३ रन जोडे।

हारसँगै ब्याङ्लोर अंक विहिन हुँदै तालिकाको पुछारमा रहेको छ भने ४ खेलबाट ३ मा जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।