शुक्रबार, चैत २७, २०८२

नेयमार कहिले फर्किदै छन् मैदानमा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन तथा सेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार फर्वाडर नेयमार चोटमा कारण लामो समय मैदान बाहिर रहदै आएका छन् । लामो समय मैदान बाहिर बसाईले उनका समर्थकमाथी निरासा पलाएको छ । 

धेरै जसो समर्थकले नेयमार मैदानमा फर्किने मिती कुरेर बसेका छन् ।  तर, नेयमार मैदानमा फर्किने मितीको कुनै टुङ्गो लागेको छैन् । पिएसजीका प्रशिक्षक थोमस टुचेलले नेयमार मैदानमा फर्किने कुनै आधिकारीक मिती तय नभएको बताएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार मध्यमका पत्रकारले नेयमार बारे सोधेको प्रश्नमा प्रशिक्षक टुचेलले स्टार फर्वाडर नेयमार जब फिट हुने छन् तब मैदानमा फर्किने बताएका हुन् । ‘नेयमार फिट छन् । अहिले उनीमा कुनै दुखाइ छैन् । तर, उनी कहिले टोलीमा फर्किन्छन् त्यो तय भएको छैन् ।’ 

प्रशिक्षक टुचेलले भने, ‘यो मेरा लागि र उनका लागि पनि कठिन छ । त्यसैले यसको एक मात्र समाधान धैर्य रहनु हो ।’ क्लबमा फर्किन नेयमारसँग अझै केहि समय रहेको प्रशिक्षक टुचेलले बताएका छन् । २७ बर्षीय नेयमार २३ जनवरीमा स्टार्सवर्गविरुद्ध भएको खेलमा घाइते भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।