शुक्रबार, चैत २७, २०८२

विश्व वरियतामा नेपाल यथावत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेको छ । यसअघि वरियताको १६१ औं स्थानका रहेको नेपाल नयाँ वरियतामा पनि यथावत रहेको हो । 

नयाँ वरियतामा दक्षिण एसियाली राष्ट्र भारत, माल्दिभ्स र बंगलादेशले भने आफ्नो स्थानमा सुधार गरेका छन् । दक्षिण एसियाली राष्ट्रमा शीर्षस्थानमा रहेको भारतले दुईस्थान सुधार गर्दै १०१औं स्थानमा उक्लिएको छ । 

त्यस्तै माल्दिभ्सले एक स्थान सुधार गर्दै १५१औं स्थानमा उक्लिँदा बंगलादेशले भने ४ स्थान सुधार गर्दै १८८औं स्थानमा उक्लिएको छ । भुटान १८६औं स्थानमा यथावत छ । 

पाकिस्तान र श्रीलंका भने एक एक स्थान तल झरेका छन् । पाकिस्तान एक स्थान तल झदै २०० औं स्थानमा छ भने श्रीलंका २०२औं स्थानमा रहेको छ । विश्व वरियताको शीर्ष तीनमा भने कुनै परिवर्तन भएको छैन । बेल्जियम, फ्रान्स र ब्राजिल क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।