बुधबार, साउन २०, २०८३

मेयर कप कराते शुक्रबारदेखि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल सिन क्योकुसिन कराते संघ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु चाल्नाखेलमा हुनेछ । 

सोही दौरान पाँचौं उपत्यकाव्यापी सिन क्योकुसिन कराते प्रतियोगिता पनि हुनेछ । पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा नै भिडन्त हुनेछ । दुवै प्रतियोगितामा गरी १ सय ६० खेलाडी सहभागी हुने प्रमुख गुरुङले जानकारी दिए । 

दुवै प्रतियोगिताका दौरान रेफ्री सेमिनार र डान परीक्षा पनि जापानका जेबी सुजुतोले सञ्चालन गर्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।