शुक्रबार, असोज ९, २०८३

सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा कार्डिफ सिटीलाई २-० गोल अन्तरले पराजित गर्दै सिटी शीर्षस्थानमा उक्लिएको हो ।

सिटीको जितका लागि केभिन डि ब्रुयन र लिरोए सानेले एक एक गोल गरे । घरेलु मैदानमा सिटीले खेलको छैटौं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । खेलको छैटौ मिनेटमा डि ब्रुयनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । 

त्यसपछि पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा लिरोए सानेले गोल गरेपछि सिटीले सहज जित निकालेको हो । पहिलो हाफमा २-० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा आक्रमक खेल खेले पनि थप गोल गर्न सकेन । 

जितसँगै सिटीले शीर्ष स्थानमा दोस्रो स्थानको लभरपुल भन्दा एक १ अंकले अग्रता लिएको छ । सिटीको ३२ खेलबाट ८० अंक पुगेको छ । समान खेलबाटै लिभरपुलको ७९ अंक छ । कार्डिफ २८ अंकसहित रेलिगेसन जोनको १८औं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।