शुक्रबार, असोज ९, २०८३

भ्यालेन्सियासँग रियल पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा रियाल म्याड्रिडले भ्यालेन्सियासँग हार व्यहोेरेको छ । बुधबार राति भएको खेलमा रियाल म्याड्रिड भ्यालेन्सियासँग २-१ ले परासजत भएको हो ।

घरेलु मैदानमा भ्यालेन्सियाको जितका लागि गोनकालो गुइडेस र इजिक्वेल गारेले एक एक गोल गरे । यता म्याड्रिडका लागि करिम बेन्जेमाले एक गोल फर्काए । खेलको ३५औं मिनेटमा गोनकालोको गोलमा भ्यालेन्सियाले सुरुवाती अग्रता लियो । 

पहिलो हाफमा १-० को अग्रता लिएको भ्यालेन्सियाका लागि ८३औं मिनेटमा गारेले गोल गर्दै अग्रता दोब्बर पारे । इन्ज्युरी समय बेन्जेमाले गोल गर्दै रियललाई खेलमा फर्काउनले प्रयास गरे । तर, थप दो गर्न नसक्दा रियल भ्यालेन्सियासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

रियल पराजित भएसँगै शीर्षस्थानको बार्सिलोनाभन्दा १३ अंक तथा दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा पाँच अंकले पछि परेको छ । रियलको ३० खेलबाट ५७ अंक रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।