शुक्रबार, चैत २७, २०८२

पिएसजी फ्रेन्च कपको फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा नान्टेसलाई ३-० गोल अन्तरले पराजित गर्दै पिएसजि फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको हो । 

पीएसजीको जितमा मार्का भेराटी, केलियन एमबाप्पे र ड्यानी आल्भेसले एक एक गोल गरे । खेलको २९ औं मिनेटमा मार्का भेराटीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । उनले युवा फरवार्ड केलियन एमबाप्पेको पासमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । 

दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । उनले ८५ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । यसअघि ६६औं मिनेटमा पाएको पेनाल्टीमा एमबाप्पे गोल गर्नबाट चुकेका थिए । 

त्यसपछि खेलको अन्तीम मिनेटमा ब्राजिलियन भेट्रान ड्यानी आल्भेसले गोल गर्दै पिएसजीलाई ३-० को जित दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।