शुक्रबार, असोज ९, २०८३

पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय मसिहला फुटबल टोली ओलम्पिक छनोटको दोस्रो चरणको आफ्नो पहिलो खेलमा पराजित भएको छ । आयोजक टोली म्यानमारसँग नेपाल ३-१ गले अन्तरले पराजति भएको हो ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औ मिनेटमा घरेलु टोली म्यानमारले सुरुवाती अग्रता लिएको थियो । यि यि ओले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन् । 

पहिलो हाफको ईन्जुरी समयमा नेपालका लागि कप्तान निरु थापाले गोल गर्दै पहिलो हाफ १-१ को बराबरीमा ल्याकी थिइन् । तर, दोस्रो हाफमा थप दुई गोल गर्दै नेपाल ३-१ गोल अन्तरले पराजित भएको हो ।  

दोस्रो हाफमा म्यानमारका लागि विन थीइङ्गी तुनले गाले दुई गोल गरिन् । उनले खेलको ४८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाईन् । त्यस्तै खेलको इन्जुरी समयमा विन थीइङ्गी तुनले व्यत्तलीगत दोस्रो गोल गर्दै ३-१ को जित दिलाइन् ।

यसअघि ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १-१ को बराबरीमा रोकेको थियो । हाल सम्म चार खेल खेलेको नेपालको म्यानमारसँग यो तेस्रो हार हो । 

अब नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत्र २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग २६ गते खेल्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।