शुक्रबार, चैत २७, २०८२

एएफसी कपमा मनाङको खराब सुरुवात 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – एएफसी कप फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले खराब सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा  मनाङ अबहानी लिमिटेडसँग १–० ले पराजित भएको हो।

अबहानीको जितमा खेलको एक मात्र निर्णायक गोल मासिया साईघानीले गरे। उनले २९ औं मिनेटमा खेलको एक मात्र गोल गर्दै अबहानीलाई सुरुवाती अग्रता मात्र हैन प्रतियोगितामा सुखद सुरुवात नै दिलाए।

यसअघि ११ औं मिनेटमा मनाङका सुजल श्रेष्ठले डिबक्स भित्रबाट गरेको प्रहार अबहानीका गोलरक्षक साहिदुल अलमले सजिलै बचाउ गरे। १३ औं मिनेटमा अन्जन बिष्टको प्रहार साहिदुलले क्लियर गरिदिए। ३७ औं मिनेटमा अन्जनले गरेको हेडर प्रहारले दिशा लिन नसक्दा बराबरी गोल फर्काउनबाट मनाङ चुक्यो। ४१ औं मिनेटमा कमल श्रेष्ठको प्रहार बाहिरिन पुग्यो।

पहिलो हाफको इन्जुरी समयमा अबहानीका खेलाडीले पोस्ट नजिकै बाट गरेको प्रहार बाहिरिएको थियो। ५४ औं मिनेटमा डिबक्स बाहिर पाएको फ्रिकिक प्रहारलाई गोलरक्षक अलमले क्लियर गरे। ६३ औं मिनेटमा २५ यार्डबाट गरेको प्रहार क्रसबार माथीबाट बहिरियो। ८० औं मिनेटमा वान भर्सेस वानको स्थितिमा अबहानीका मोहमद नाबिब जिबानले डिबक्स भित्रबाट गरेको प्रहार गोल पोस्टमा लाग्दै फर्कियो। फर्किएको बलमा सुन्डे चिजोबाले पुनः प्रहार गरेपनी गोल भने गर्न सकेनन्। 

दोश्रो हाफको इन्जुरी समयमा बिमल रानाले गरेको हेडर प्रहारले दिशा लिन नसक्दा मनाङ खेल गुमाउन बाध्य भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।