शुक्रबार, चैत २७, २०८२

ओलम्पिक छनोट : नेपालले म्यानमारको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- ओलम्पिक छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज (बुधबार) म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ५ः१५ बजे सुरु हुने छ । 

घरेलु टोलीविरुद्व मैदान उत्रिदा नेपाली टिमले लक्ष्य कम्तीमा बराबरीको नतिजा हुने छ । खेल अघि प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजाको लागि खेल्ने बताएका थिए ।

ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १-१ को बराबरीमा रोकेको थियो । पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको सुरुवातमै सावित्रा भण्डारीको गोल मार्फत अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन ।

यस्तै भारतले आयोजना गरेको हिरो गोल्डकपमा नेपालले समुह चरणमा म्यानमारसँग ३-० को हार व्यहोरेको थियो । म्यानमारसँग नै भएको उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले ३-१ को हार व्यहोरेको थियो । 

नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत्र २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग २६ गते खेल्नेछ । साफ च्याम्पियनसिपमा मात्रै सिमित नेपाली महिला टिम पहिलो पटक ओलम्पिक छनोट खेलेको हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।