विराटनगर– पुस ५ गते तत्कालिन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि ओलीविरुद्ध मोर्चाबन्दी गरी संघर्ष गर्दै आएको माधव नेपाल समूह भदौ २ गते एमालेबाट विभाजित भएको छ।
ओलीको कदमविरुद्ध साथ दिएका दोश्रो तहका नेताहरू विनै नेता नेपालले एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
नेपाल समूहमा रहेका नेताहरू भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रघु जी पन्त, भीम आचार्य, अमृत बोहोरा, पर्शुराम मेघी गुरुङ, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, हरि राई, सोमप्रसाद पाण्डे, माधव अर्याल, टंक कार्की, केदार न्यौपाने, अरुण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, ममता गिरी, जीवन घिमिरे, यज्ञराज सुनुवार, रचना खड्का, झपड रावल, नीरज आचार्य, धर्मराज निरौला, पत्रिवा निरौला खरेल, राजबहादुर बुढा तटस्थ बस्दा नेता कार्यकर्तालाई एमालेमै रहने की एमाले समाजवादीमा जाने भन्नेमा अन्यौल छ। नेताहरूले स्पष्ट निर्णय गर्न नसक्दा कार्यकर्ता पनि अलमलमा परेका छन्।
दोश्रो तहका नेताहरू पार्टी एकताको पक्षमा रहेकाले जिल्ला स्तरका नेताहरू पनि स्पष्ट रूपमा खुलेका छैनन्। लामो समयदेखि एमाले माधव नेपाल गुटमा रहेका नेताहरू पनि एमाले समाजवादीमा नगएर तटस्थ बसेका छन्।
पार्टी एकताको पक्षमा रहेकाले तत्काल कुनै समूहमा नरहेर तटस्थ अवस्थामा रहेको एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले बताए। तत्कालै कुनै समूहमा नलागेर पार्टी एकतामा लाग्ने दोश्रो तहका नेताको निर्णय अनुसार कुनै समूहमा खुल्न नसकिएको उनले बताए। नेता घिमिरेले भने, ‘तटस्थमा रहनेहरू निर्णय गरेर कुनै समूहमा लाग्ने छौं।’
दोश्रो तहका नेताहरू पार्टी एकताको पक्षमा रहेकाले जिल्ला स्तरका नेताहरू पनि स्पष्ट रूपमा खुलेका छैनन्। लामो समयदेखि एमाले माधव नेपाल गुटमा रहेका नेताहरू पनि एमाले समाजवादीमा नगएर तटस्थ बसेका छन्।
पार्टी एक होस् भन्ने चाहनाले अहिले तटस्थ बसीएको एमाले प्रदेश १ सांसद सरिता थापाले बताइन्। पार्टी फुटले राजनीतिक स्थायीत्व नहुने उनले बताइन । थापाले भनिन, ‘पार्टी एक भएकै राम्रो। तर, परिस्थिति यस्तो भएको छ, हामी कता जाने भनेर सल्लाह गर्दैछौ।’
समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले पार्टीलाई सुदृढ बनाएर लैजाने बताए। उनले समाजवादी पार्टीले नयाँ शिराबाट काम गर्ने बताए। नेता रेग्मीले भने, ‘ठूलो समूह हाम्रो पक्षमा छ।’
नेकपा एमाले विभाजन हुनुले नेपालको बामपन्थी आन्दोलनमा गम्भीर असर पुगेको एमाले नेता डिल्ली शर्मा अधिकारी बताउँछन्। नेपाल समूहमै रहेका उनले पनि पार्टी एक हुनुपर्ने बताए।
प्रदेश सांसद पनि अलमल
प्रदेश १ मा एमालेका सभामुखसहित ५१ जना सांसद छन्। सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छिन्। बाँकी ५० जना मध्ये ८ जना सांसद एमाले समाजवादीमा खुलेका छन्।
प्रदेश १ मा नेपाल समूहमा २२ सांसद थिए। संसदीय दलको नेता चयनदेखि एमाले विभाजनसम्म आइपुग्दा घट्दै सांसद १२ जनासम्ममा आइपुगेको समाजवादीमा खुलेका सांसद उपेन्द्र घिमिरे बताउँछन्। नेताहरू काठमाण्डौंमा रहेकाले स्थानीयलाई खुल्न समस्या भइरहेको उनले बताए। उनका अनुसार ८ जना एमाले समाजवादीमा खुलीसकेको अवस्था छ। नेपाल समूहमा प्रदेश सांसद स्पष्ट रुपमा नखुल्दा शेरधन राई नेतृत्वको सरकार ढल्ने की जोगिनेमा यकिन हुन सकेको छैन।
प्रदेश १ मा ८ जना मात्रै सांसद समाजवादीमा खुले गठबन्धनको सरकार हुने निश्चित छ। ९२ सदस्यीय प्रदेशसभामा काँग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन्।
प्रदेश १ मा ८ जना मात्रै सांसद समाजवादीमा खुले गठबन्धनको सरकार हुने निश्चित छ। ९२ सदस्यीय प्रदेशसभामा काँग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन्।
समाजवादीका २ केन्द्रीय सदस्यले गरे पद अस्वीकार
एमाले समाजवादीका २ जना केन्द्रीय सदस्यले पद अस्वीकार गरेका छन्। झापाका नरेश खरेल र रविन कोइरालाले केन्द्रीय सदस्यको पद अस्वीकार गरेका हुन्।
लामो समय माधव–झलनाथ समूहसँग निकट रहेका कोइरालाले नेपालको साथ छोडेको बताए। कोइरालाले भने, ‘माधव कमरेडलाई पार्टी विभाजन नगरौं भनेर सम्झाएको मान्नुभएन, विभाजनकारीलाई साथ दिन मैले सकिन।’ आफू पार्टीको मुलधारमा रहेको उनले बताए।
ओली समूह एक ढिक्का
प्रदेश १ मा एमालेको ओली समूह एक ढिक्का रहेको छ। नेताहरू समाजवादीमा नगएको ओली समूहका प्रदेश सचिव विनोद ढकालले बताए।
उनले भने, ‘अलमलमा परेका साथीहरू आउनेक्रम जारी छ।’ मोरङ क्षेत्र नम्बर ६ का सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले पार्टीबाट केही गद्धारहरू मात्र निस्केर गएको बताए। नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले जनता माझ लोकप्रिय रहेको उनको भनाइ छ।
एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले एमालेका साथीहरू एक ढिक्का रहेको बताएका छन्। उनले प्रदेश सभामा पनि बहुमत पुग्ने दाबी गरे। उनले भने, ‘१/२ दिनमा कित्ता प्रष्ट हुन्छ, हामी बहुमतका साथ सरकार चलाउने छौं।’
प्रदेश सांसदको कित्ता प्रष्ट भएपछि सरकारको नेतृत्व परिवर्तन गरिने उनले बताए। मुख्यमन्त्री शेरधन राई पार्टीलाई आवस्यक परेको अवस्थामा राजीनामा दिन तयार रहेको उनले बताए।