मंगलबार, साउन १९, २०८३

बार्सिलोना र भिल्ला रियलबिचको खेलमा गोलको बर्षात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा मंगलबार राती बार्सिलोना र भिल्ला रियलबिच भएको खेलमा गोलको बर्षात भएको छ । भिल्ला रियलको घेलु मैदानमा दुबै टोलीले बराबरी खेलेको खेलमा  गोलको बर्षत भएको हो । 

रेलिगेशन जोनबाट जोगिन संघर्षरत भिल्ला रियलले बार्सिलोनासँग ४-४ गोलको बराबरी खेलेको हो । बार्सिलोनाले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाढ्न बाध्य भएको हो । 

खेलको १२ औं किनेटमा फिलिप्पे काउटिन्होले गोल गर्दै बार्सिला्नालाई सुरुवाती अग्रता दिलाए । १६ औं मिनेटमा माल्कोमले गोल गर्दै अग्रता दोब्बर पारे । २३ औं मिनेटमा स्यामुयल चुकवाजाईले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-१ को स्थितीमा ल्याए । 

५० औं मिनेटमा कार्ल टोको इकाम्बीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यस्तै ६२ औ मिनेटमा भिसेन्ट इबोरा र ८० औं मिनेटमा कार्लोस बाकाले गोल गर्दै घरेलु टोलीलाई ४-२ को अग्रता दिलाए । 

त्यसपछिखेलको ९० औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेल ४-३ को स्थितीमा ल्याए । इन्जुरी समयमा लुईस स्वारेजले गोल गर्दै बार्सालाई हारबाट जोगाए । बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी ८ अंकमा घटाएको छ । 

यस बराबरीसँगै शीर्ष स्थानको बार्सिलोनाको ७० अंक भएको छ भने भिल्ला रियलको ३० अंक सहित तालिकाको १७ औ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।