शुक्रबार, चैत २७, २०८२

विराटको बेंग्लोरको लगातार चौथो हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरले लगातार चौथो हहारर व्यहोरेको छ । मंगलबार राती भएको खेलमा राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भएपछि बेंग्लोरले लगातार चौथो हार व्यहोरेको हो । 

यता राजस्थानको भने प्रतियोगितामा पहिलो जित हो । बेंग्लोरले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.५ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । 

राजस्थानको जितका लागि  जोस बट्लरले ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै स्टिभ स्मिथले ३८, राहुल त्रिपाठी ३४ र कप्तान अजिंगे रहानेले २२ रन जोडे । बेंग्लोरका लागि युजभेन्द्र चाहलले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले ६७ रनको अर्धशतकीयपारी खेलेपनि जितका लागि प्रयाप्त भएन् । 

मार्कुस स्टोनिसले अविजित ३१ रन जोड्दा कप्तान विराट कोहलीले २३, मोइन अली १८ र एबी डी भिलियर्सले १३ रन जोडे । राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।