शुक्रबार, चैत २७, २०८२

‘बार्सिलोनाले अब ६ खेल जिते च्याम्पियन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले अब ला लिगाका छ खेल जिते लिग च्याम्पियन बन्ने बताएका छन् । खेल्न बाँकी रहेका ९ खेल मध्येबाट ६ खेलमा मात्र जित्ने सके जारी सिजनको स्पेनिस ला लिगको च्याम्पियन बन्ने प्रशिक्षक भाल्भार्डेले बताएका हुन् । 

‘हामी हाल लिगको शीर्ष स्थानमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १० अंकले अगाडी छौं । जस कारण अबको छ खेल जितेमा मात्र हामी सजिलै लिगको उपाधि जित्ने छौं ।’ 

प्रशिक्षक भाल्भार्डेले भने, ‘सिजनको अन्तीम खेलमा अंक तालिकाको पुछारमा रहेका टिमले धेरै अंक जोड्छन् । त्यसैले पनि जारी सिजानको उपाधि जित्न बार्सिलोनालाई सहज हुनेछ ।’ 

उनले थपे, ‘इतिहास हेर्ने हो भने बार्सिलोनाले जब च्याम्पियन्स लिगको उपाधि जित्छ तब ला लिगको उपाधि पनि जितेको छ ।’ बार्सिलोनाले जारी सिजनका २९ खेल मध्येमा २१ खेलमा जित, ६ बराबरी र दुई खेल मात्र गुमाउँदै ६९ अंक जोडेको छ । 

यता दोस्रो स्थानको एथ्लेटिको मड्रिडले समान खेलबाट १७ खेलमा पजत, ८ खेलमा बराबरी र ४ खेलमा पराजय भोग्दै ५९ अंक जोडेका छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।