बुधबार, साउन २०, २०८३

यू-१९ विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि १४ सदस्सीय नेपाली टोलीको घोषणा भएको छ । 

मलेसियामा आयोजना हुने उक्त यू-१९ विश्वकप एसिया छनोटका लागि रोहित पौडेलको कप्तानीमा मंगलबार १४ सदस्सीय नेपाली टोलीको घोषणा भएइको हो । अप्रिल दोस्रो साताबाट सुरु हुने एसिया छनोटका लागि मुख्य प्रशिक्षक विनोद दासको छनोट टोलीले १४ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । 

टोलीमा रोहित सहित आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी र सुर्य तामाङ रहेका छन् । 

त्यस्तै वैकल्पिक खेलाडीमा रभी कुमार साह, आकाश चन्द, लोकेश बम र शेर मल्ल रहेका छन् । एसिया छनोट प्रतियोगितामा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन गरी ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगिता अप्रिल १० देखि २० तारिख सम्म मलेसियामा संचालन हुनेछ । छनोटको विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।