मंगलबार, साउन १९, २०८३

बलियो अबहानीलाई कडा टक्कर दिनेछौ : कप्तान विराज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एएफसी कप फुटबल अन्तर्गत नेपालको लिग च्याम्पियन क्लब मनाङ मस्र्याङ्दी क्लबले बुधबार बंगलादेशी लिग विजेता ढाका अबहानी लिमिटेडसँग आफ्नो पहिलो खेल खेल्दै छ । खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्स दिउँसो ३ बजे सुरु हुनेछ । 

समूह चरणको पहिलो खेलमा मनाङ बलियो टोली अबहानीविरुद्ध मैदान उत्रदा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । होम एण्ड अवेका आधारमा हुने एएफसी कपमा मनाङले पहिलो खेल घरेलु मैदानमा खेल्दै छ । 

टिम राम्रो बनेकाले घरेलु मैदानमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने मनाङका प्रशिक्षक छिरिङ लोप्साङले बताए । ‘डिफेन्स लाइन, मिड र स्ट्राइकर लिगको भन्दा बलियो भएको छ । लिगमा भन्दा धेरै परिवर्तन छ । हाम्रो जित्ने लक्ष्य छ’ प्रशिक्षक छिरिङले भने । मनाङका प्रशिक्षक छिरिङले पहिलो खेल कठिन हुने भएपछि सुखद सुरुवात गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताए । 

एएफसी यू-२३ च्याम्पियनसिप छनोट र नेपालको ओमनसँगको मैत्रीपूर्ण खेलले टोलीको अभ्यासमा केहि समस्या भएको प्रशिक्षक छिरिङले बताए । यस्तै कप्तान विराज महर्जनले टिम शारीरिक र मानशिक रुपमा तयार भएकाले घरेलु मैदानमा बलियो अबहानीलाई कडा टक्कर दिने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।