मंगलबार, साउन १९, २०८३

आर्सनलको सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासल युनाईटेडलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा आर्सनलले न्युक्यासललाई २-० गोल अन्तरले पराजित गर्दै गरेको हो ।  

आर्सनलका जितका लागि आरोन राम्सी र एलेक्सान्ड्रे लाकाजेट्टीले एक एक गोल गरे । पहिलो हाफमा १-० गोल अन्तरले अग्रता लएिको आर्सनलले दोस्रो हाफमा थप एक थोल गरेको गर्यो । 

खेलको ३० औ मिनेटमा आरोन राम्सीको गोलमा आर्सनलले पहिलो हाफमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफमा एलेक्सान्ड्रे लाकाजेट्टीले थप एक गोल गर्दै आर्सनललाई २-० को जित दिलाए । उनले ८३ औ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाएका हुन् । 

यस जितसँगै आर्सनल लिगको त्स्रो स्थानमा उक्लिएको छ । चौथो स्थानको टोटेनहम र पाँचौ स्थानको म्यानचेष्टर युनाईटेडलाई पछि पार्दै आर्सनल लिगको तेस्रो स्थानमा उक्लिएको हो । आर्सनलले ३१ खेलबाट ६३ अंक जाडेको छ । टोटेनहमको ६१ अंक छ । न्यु क्यासल ३५ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।