शुक्रबार, चैत २७, २०८२

दिल्लीको नाटकिय हारमा सन्दीपको दुई विकेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल)मा सन्दीप सम्मिलित दिल्ली क्यापिटल्स पराजित भएको छ । सोमबार राती भएको खेलमा दिल्ली  किंग्स इलेभेन पन्जावसँग १४ रनले पराजित भएको हो ।

दिल्लीका लागि नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपनि टोलीलाई जित दिलउन सकेनन् । उनले चार ओभरमा २७ रन खर्चदै महत्वपूर्ण दुई विकेट लिएका थिए । 

पन्जावसँग नाटकिय रुपमा पराजित हुँदै दिल्लीले लिग तालिकाको शीर्ष स्थानमा उक्लने अवसर गुमायो । पन्जावले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धरित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५२ रन मात्र बनाउन सक्यो । 

दिल्लीको १६.४ ओभरको समाप्तिसम्म १ सय ४४ रन पुग्दा मात्र चार विकेट गुमएको थियो । जहाँ दिल्लीलाई जितका लागि २० बलमा मात्र २३ रनको आवश्यक थियो । तर, त्यसपछिका ३ं.२ ओभरमा मात्र ८ रन जोड्दा दिल्लीले आफ्ना ७ विकेट गुमायो ।

दिल्लीका पृथ्वी श पहिलो बलमै आउट भए पनि शिखर धवनले ३० र कप्तान श्रीयास आयरले २८ रन जोडेका थिए । ऋषभ पन्त ३९ र कोलिन इन्ग्रामले ३९ रनमा आउट भएपछि दिल्लीको अविश्वसनीय विकेट पतन सुरु भएको थियो ।

पन्जावका साम कुर्रानले उत्कृष्ट बलिङ गरी ह्याट्रिक विकेट लिए । उनले १८ औं ओभरको अन्तिम बलमा हर्षल पटेललाई बोल्ड गरे । २० औं ओभरको सुरुआती २ बलमा उनले कागिसो रावाडा र सन्दिप लामिछानेलाई बोल्ड आउट गरी ह्याट्रिक विकेट पूरा गरे । उनका अलावा कप्तान रविचन्द्रन आश्विनले पनि २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । पञ्जावका लागि डेभिड मिलरले सर्वाधिक ४३ रन बनाए । सर्फराज खानले ३९ रन बनाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।