काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदरावदले सानदार जित निकालेको छ । आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई १ सय १८ रनले पराजित गर्दै सानदार जित निकालेको हो ।
हैदरावादले दिएको २ सय ३२ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १३ रन बनाउन सक्यो । बेंग्लोरका लागि कालिन डे ग्रन्डोमीले सर्वाधिक ३७ रन जोडे ।
उनले ३२ बल खेल्दै ३ चौका र २ छक्क प्रहार गरे । त्यस्तै प्रयास राय ब्रमनले १९, उमेस यादवल १४, पार्थिव पटेलले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
बेंग्लोरलाई सस्तैमा समेट्न मोहमद नाभीले चार विकेट लिए । त्यस्तै सन्दीप शर्माले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको हैदरामवादका लागि डेभिड वार्नर र जोनी ब्रास्टाले सानदार सतक प्रहार गरेका थिए । हैदरावादले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २ सय ३१ रन जोडेको थियो ।
हैदरावादका लागि ब्रास्टोले १ सय १४ रनको योगदान दिए । उनले ५६ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै १ सय १४ रुनको सतकिय पारी खेले । उक्त सतक जारी सिजनको दोस्रो सतक समेत हो ।
त्यस्तै वार्नरले पनि सतकिये अविजित पारी खेले । उनले ५५ बलको सामना गर्दै ५ चौका र ५ छक्का प्रहार गर्दै १ सय रन जोडेका थिए । वार्ननरको सतक सिजनको तेस्रो सतक हो । बेंग्लोरका लागि युभेन्द्र चाहलले एक विकेट लिएका थिए ।
हैदरावादको यो दोस्रो जित हो । यस जितसँगै हैदरावाद अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । तीन खेल खेलेको हैदरावादले दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको ५ । यता पराजित बेंग्लोरको भने लगातार तेस्रो हार हाे । बेंग्लोरले तीन खेलमा तीनवटै खेलमा हार व्यहोरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४