काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएल)मा डेभिड वार्नर र जोनी ब्रास्टाको सतकमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई २ सय ३२ रनको लक्ष्य सुम्पेको छ । आइतबार बेंग्लोरविरुद्धको खेलमा वार्नर र ब्रास्टोले नयाँ इतिहास समेत बनाएका छन् ।
टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको सनराइजर्स हैद्रावादले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २ सय ३१ रन जोडेको हो । हैद्रबादको विशाल लक्ष्य बनाउनका लागि ब्रास्टोले १ सय १४ रनको योगदान दिए ।
उनले ५६ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै १ सय १४ रुनको सतकिय पारी खेले । उक्त सतक जारी सिजनको दोस्रो सतक समेत हो । त्यस्तै वार्नरले पनि सतकिये अविजित पारी खेले ।
उनले ५५ बलको सामना गर्दै ५ चौका र ५ छक्का प्रहार गर्दै १ सय रन जोडेका थिए । बेंग्लोरका लागि युभेन्द्र चाहलले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४