काठमाडौं- नेपालको पहिलो फ्रेन्चाईज महिला क्रिकेट लिग एनसीएल वुमन्स टी-२० क्रिकेट लिगको खेलाडी किनबेच -अक्सन) सम्पन्न भएको छ । राजधानीमा आइतबार सम्पन्न भएको अक्सनमा ८० खेलाडीमाथी बोली लागेको थियो । उक्त ८० जना खेलाडीबाट १० खेलाडीमाथि सर्वाधिक मूल्यको बोली लागेको छ ।
खेलाडीलाई तीन श्रेणीमा राखीएको थियो । अक्सनमा पहिलो श्रेणीका खेलाडीको न्युनतम मुल्य ४० देखि अधिकतम ७५ हजार रुपैयाँ रहेको थियो । यस्तै दोस्रोको २५ देखि ५० हजार र तेस्रो श्रेणीका खेलाडीको १५ देखि २५ हजार मुल्य रहेको छ ।
प्रतियोगिता विराटनगरको बैजनाथ क्रिकेट मैदानमा बैशाख ७ देखि १४ गतेसम्म हुनेछ । विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको प्लेयर अफ दि म्याचले १० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समत पुरस्कार पाउने आयोजकले जनाएको छ ।
अक्सनबाट बिक्रि भएका खेलाडी र मूल्य
विराटनगर रोअरिङ लायन्स
करुणा भण्डारी (मार्की)
काजल श्रेष्ठ -७५ हजार
अप्सरी बेगम-७५ हजार
रितु कुमारी कोजुनिया -६५ हजार
अन्जली चन्द-५० हजार
सरस्वती पुन -५० हजार
डोली भट्ट -४० हजार
अनुराधा चौधरी- ३५ हजार
अस्मिना कर्माचार्य -३५ हजार
कृतिका मरासिनी -२५ हजार
सुस्मा श्रेष्ठ -२५ हजार
प्यारी चौधरी -२५ हजार
सन्जु तामाङ-१५ हजार
राज मति ऐरी - १५ हजार
भैरहवा क्विन्स
रुबिना क्षेत्री (मार्की)
सोनु खड्का -७५ हजार
इन्दु वर्मा -७५ हजार
बिन्दु रावल -७५ हजार
कबिता जोसी -५० हजार
रस्मी शर्मा चौलागाई -५० हजार
एलिसा केसी -४७ हजार
सरस्वती चौधरी -४० हजार
नितु भण्डारी -३३ हजार
ममता थापा - २५ हजार
सर्मिला रोक्का - २५ हजार
सन्तोषी कुमारी चौधरी - १५ हजार
नविना खड्का - १५ हजार
लक्ष्मी साउद - १५ हजार
काठमाडौं सुपर च्याम्पियन
नेरी थापा (मार्की)
ममता चौधरी -७५ हजार
सरिता मगर -७५ हजार
रोमा थापा -७५ हजार
रेवती धामी -५० हजार
मन्जु कुमारी बोगटी-५० हजार
सुमन खतिवडा -५० हजार
सुमन विष्ट -५० हजार
लक्ष्मी चौधरी -४० हजार
कृति सेन -२५ हजार
शान्ति चौधरी - २५ हजार
गीता गोशाई - २५ हजार
सिमा थापा - १५ हजार
ईश्वरी विष्ट -१५ हजार
धनगढी वन्डर वुमन
सिता राना मगर (मार्की)
कविता कुँवर -७५ हजार
ज्योति पाण्डे -७५ हजार
सवनम राई -७० हजार
रेखा रावल -५० हजार
संगिता राई -४० हजार
रातरी भट्टराई -४० हजार
रोशनी बोहरा - २५ हजार
अश्मिता खरेल - २५ हजार
रुवी पोडार -२५ हजार
मनिषा राना -२५ हजार
कन्चन श्रेष्ठ - २५ हजार
सिमा कुमारी कुँवर - १५ हजार
निशा भट्ट -१५ हजार
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४