शुक्रबार, चैत २७, २०८२

आइपिएलमा क्रिस गेलको नयाँ रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- आइपिएलको इतिहासमा वेस्टइन्डिजका आक्रमक ब्याट्सम्यान क्रिस गेललले नयाँ रेकर्ड बनाएका छन् । गेलले आइपिएलको इतिहासमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड बनाएका हुन् ।

गेलले आइपिएलमा ३ सय २ छक्का प्रहार गरेका छन् । शनिबार भएको मुम्बईविरुद्धको खेलमा ४ छक्का प्रहार गर्दै उनले आइपिएलको इतिहासमा ३ सय छक्काको आँकडा पुरा गरेका हुन् । 

गेलले हालसम्म आइपिएलका १ सय १५ खेल मध्येमा १ सय १४ खेलमा ब्याट्रि गरेका छन् । उनले कोलकाता नाइट राइडर्स, रोयल च्यालेन्जर्स बेग्लोर र किंग्स इलेभेन पन्जाव गरी आइपिएलमा तीन टिममा खेल्ःदै सर्वाधिक ३ सय २  छक्का प्रहार गरेका हुन् । 

त्यस्तै दोस्रो स्थानमा दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डिभिलीयर्स रहेका छन् । उनले १ सय ९२ छक्का प्रहार गरेका छन् । उनले १४३ खेलका १३१ इनिंगमा १९२ छक्का प्रहार गरेका हुन् । 

तेस्रो स्थानमा रहेका महेन्द्र सिंह धोनील १ सय ८७ छक्का, चौंथो स्थानमा रहेका सुरेश रैनाले १ सय ८६ छक्का प्रहार गरेका छन् भने पाँचौ स्थानमा रहेका रोहित शर्माले १ सय ८५ छक्का प्रहर गरेका छन् । विराट कोहलीले १७८, डेभिड वार्नरले १६५, शेन वाटशनले १६०, युसुफ पठनले १५८ र किरोन पोलार्डले १५५ छक्का प्रहार गरेका छन् ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।