सोमबार, साउन १८, २०८३

ओलम्पिक छनोट : नेपालको पहिलो खेल म्यानमारसँग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दोस्रो चरणको ओलम्पिक छनोटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमार रहेको छ । नेपालले आयोजक म्यानमारसँग ३ अप्रिलमा आफ्नो पहिलो खेल खेल्ने छ । त्यस्तै दोस्रो खेल ६ अप्रिलमा भारत र तेस्रो खेल ९ अप्रिलमा इनडोनेसियासँग खेल्ने छ । समुहको शीर्ष स्थानमा रहने टिम अघिल्लो चरण प्रवेश गर्नेछ ।

उक्त छनोट प्रतियोगिताका लागि नेपालले साफ महिला च्याम्पियनसिप खेलेको टिमलाई नै पठाउने भएको छ । साफ च्याम्पियनसिप सकिने बित्तिकै आराम दिएको नेपाली टोलीले चार दिनको छोटो तयारीमा छनोट खेल्र्दै छ । मुख्य प्रशिक्षक हरी खड्काले ओलम्पिक छनोटको तयारीका लागि खेलाडीलाई चार दिन मात्र अभ्यास गराएका छन् । 

खेलाडीमा एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ, हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना र मन माया लिम्वु रहेका छन् । 

त्यस्तै अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता के सी , रेखा पौडेल, निरु थापा (कप्तान) र सावित्रा भण्डारी रहेका छन् । 

ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यानमारसँग समान १-१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपाली टोली प्रतियोगिताका लागि आइतकार नै त्यसतर्फ प्रस्थान गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।