सोमबार, साउन १८, २०८३

युनाइटेडद्वारा वाट्फोर्ड पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड चौंथो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा वाट्फोर्डलाई २-१ गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष चारमा पुगेको हो ।

घरेलु मैदानमा युनाईटेडको जितका लागि मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । वाट्फोर्डका अब्डोउले डोउकोरेले एक गोल फर्काए । पहिलो हाफमा १-० को अग्रता लिएको युनाइटेडले दा्स्रो हाफमा एक गोल गर्दा एक गोल खान पुगेको थियो । 

खेलको २८ औं मिनेटमा राष्फोर्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७२ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर पारे । तर, खेलको ९० औं मिनेटमा वाट्फोर्डका डोउकोरेले एक गोल फर्काएपनि युनाईटेडको जितलाई रोक्न सकेनन् । 

जितसँगै चौंथो स्थानमा उक्लिएको युनाईटेडले ३० खेलबाट ६१ अंक जोडेको छ । पराजित वाट्फोर्ड ४३ अंकसहित नवौं स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।